२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इरानसँग फेरि वार्ता गर्न आफु हतारमा नरहेको ट्रम्पको भनाइ

इरानसँग फेरि वार्ता गर्न आफु हतारमा नरहेको  ट्रम्पको भनाइ
US President Donald Trump speaks about the conflict in Iran in the James S. Brady Press Briefing Room of the White House on April 6, 2026, in Washington, DC. (Photo by Brendan SMIALOWSKI / AFP)
सेयर गर्नुहोस्
०सेयर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पुनः सुरु गर्न आफू हतारमा नरहेको बताउनुभएको छ ।

उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समयसीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।

यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने कार्यक्रम छ ।

कतार र पाकिस्तानले अमेरिका–इरान तनाव घटाउन मध्यस्थताको प्रयास गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तत्काल नयाँ सैन्य आक्रमण गर्ने पक्षमा अमेरिका नरहेको बताउनुभएको छ । तर, इरानबाट आक्रमण भए सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।