२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बाढीपछि पृथ्वी राजमार्ग अझै अवरुद्ध, वैकल्पिक सडकबाट सवारी सञ्चालन

सेयर गर्नुहोस्
०सेयर

भोटेकोशी बाढीको प्रभावले सडक यातायात अझै सामान्य बन्न सकेको छैन। पृथ्वी राजमार्गका विभिन्न स्थानमा बाढीले ल्याएको लेदो र माटो थुप्रिएपछि नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने सडकमा सवारीसाधन रोकिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन लेदो हटाउने काम भइरहेको छ। सडक सुरक्षित रूपमा सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने जनाएको छ।

थानकोट क्षेत्रमा रोकिएका यात्रुलाई भने जोखिमबाट जोगाउन काठमाडौं फर्काइएको छ। उनीहरू आफन्तको घरमा आफ्नै व्यवस्थापनमा बसेका छन्। प्रहरीले यातायात व्यवसायीसँग समन्वय गर्दै सडकको अवस्थाबारे आधिकारिक सूचना आएपछि मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

यसबीच वैकल्पिक मार्गका रूपमा बीपी राजमार्ग सञ्चालनमा रहेको छ। फर्पिङतर्फबाट साना सवारीसाधन पनि चलिरहेका छन्। तर ती मार्गमा ठूला सवारीसाधन सञ्चालन गर्न नपाइने र रुट परमिट तथा अन्य नियम पालना गर्नुपर्ने प्रहरीले जनाएको छ।

सडकको अवस्था निरन्तर अनुगमन भइरहेको र जोखिम कम भएपछि मात्र यातायात सञ्चालनसम्बन्धी निर्णय गरिने बताइएको छ।
यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।