२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १७५ पुग्यो

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १७५ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियान जारी रहँदा मृत्यु हुनेको संख्या १७५ पुगेको छ। नेपाली दूतावास स्रोतका अनुसार २८ देशका ४७६ जना अझै बेपत्ता छन्।

सरकारले प्रभावित क्षेत्रमा खोजी, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ। रसुवामा थप शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने र पहिचानको काम भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ८५ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। पर्यटन बोर्डको तथ्यांकमा ४६६ विदेशी र ११३ नेपालीसहित ५७९ यात्रुको अवस्था अज्ञात रहेको उल्लेख छ। टिमुरेबाट भने १२३ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको छ।

ल्हेन्दे खोलामा हिमनदी वा बरफको चट्टान खसेपछि ठूलो परिमाणमा माटो र ढुंगा मिसिएको बाढी आएको प्रारम्भिक अनुमान छ। बाढीले रसुवादेखि नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म ठूलो क्षति पुर्‍याएको छ। हालसम्म ३५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको पुष्टि भएको छ।

उद्धारका लागि सेना, प्रहरी तथा निजी हेलिकोप्टर परिचालन गरिएको छ भने घाइतेको उपचार र प्रभावितलाई खाद्यान्न, पानी, औषधि तथा अस्थायी आश्रय उपलब्ध गराउने काम भइरहेको छ। यसैबीच, भारतले १० टन राहत सामग्रीसहित मानवीय सहयोग उपलब्ध गराएको छ।
यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।