२०८३ कार्तिक १०, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो एट्लेटिको

स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो एट्लेटिको

सेभियाविरुद्ध ३–१ को सहज जित निकाल्दै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार रामोन साञ्चेज पिज्जुआन रंगशालामा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन एलेक्स बाइनाले दुई र एडेमोला लुकम्यानले एक गोल गरे । सेभियाका लागि मिगुएल सिएराले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा बाइनाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २६औँ मिनेटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए । बाइनाले ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोको अग्रता ३–० मा पुग्यो ।

६६औँ मिनेटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बन्यो । जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको छ । पहिलो हार ब्यहोरेको सेभिया समान खेलबाट ६ अंकका साथ पाँचौँ स्थानमा छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।