२०८३ कार्तिक ९, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दशैँ मनाएर कर्मथलो फर्कने यात्रु बढ्दै, धादिङबेसी टिकट काउन्टरमा यात्रुको भीड

व्यवस्थापनमा म आँफै फिल्डमा खटिएको छु : ईन्चार्ज सिताराम भट्ट (जय)

दशैँ मनाएर कर्मथलो फर्कने यात्रु बढ्दै, धादिङबेसी टिकट काउन्टरमा यात्रुको भीड

नेपालीहरूको महान् पर्व बडादशैँ मनाउन आफ्नो घर आएका सर्वसाधारण पुनः कर्मथलो फर्कन थालेसँगै धादिङबाट काठमाडौँलगायत विभिन्न सहर जाने यात्रुको चाप बढ्न थालेको छ।

दशैँको टीका तथा पारिवारिक भेटघाटपछि रोजगारी, व्यवसाय, अध्ययन तथा अन्य कामका लागि काठमाडौँ, चितवन, पोखरा, वीरगञ्जलगायतका सहर फर्कने यात्रुको संख्या बढ्दै गएको हो। यात्रुको चाप बढेसँगै धादिङ मण्डली यातायात प्रा.लि.को टिकट काउन्टरमा समेत भीड बढ्न थालेको छ।

विशेषगरी काठमाडौँबाट धादिङ आई दशैँ मनाएका तथा धादिङका ग्रामीण भेगमा घर भएका यात्रुहरू पुनः आफ्नो कर्मथलो फर्कन थालेपछि सार्वजनिक यातायातमा चाप बढेको देखिन्छ। चाडपर्वपछि यात्रुको आवागमन बढेसँगै सहज टिकट उपलब्धता, व्यवस्थित यातायात सेवा र सुरक्षित यात्राको विषय पनि महत्त्वपूर्ण बनेको छ।

यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै धादिङ मण्डली यातायात प्रा.लि.ले यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउन आवश्यक व्यवस्थापनमा ध्यान दिइरहेको छ। यात्रुको आवागमनलाई व्यवस्थित बनाउन कम्पनीका इन्चार्ज सिताराम भट्ट (जय) बिहानैदेखि आफैँ फिल्डमा खटिएर यातायात व्यवस्थापन तथा यात्रु सेवामा सक्रिय देखिनुभएको छ।

यात्रुको चापका बेला टिकट व्यवस्थापनदेखि सवारीसाधनको परिचालनसम्म सहज बनाउन आफू प्रत्यक्ष रूपमा खटिएको इन्चार्ज भट्टले बताउनुभयो । उहाँले आफ्नो गन्तव्यमा जान चाहने यात्रुलाई सम्भव भएसम्म समयमै टिकट सुरक्षित गर्न तथा यात्रासम्बन्धी आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गर्नुभएको छ ।

चाडपर्व मनाएर पुनः कर्मथलो फर्कने यात्रुको संख्या बढ्दै जाँदा यात्रुलाई सहज, व्यवस्थित र सुरक्षित सेवा प्रदान गर्नु यातायात व्यवसायीको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ। यसैलाई ध्यानमा राख्दै धादिङ मण्डली यातायात प्रा.लि.ले यात्रुको सुविधालाई प्राथमिकतामा राखेर सेवा व्यवस्थापनमा सक्रियता देखाएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल