संघिय सरकारले जिम्मा दियो भने बागमती प्रदेश सरकारले
मलेखु फुर्केखोला पुल बनाईदिने बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले बताउनुभएको छ ।
धादिङको सदरमुकाम धादिङबेसी आईपुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो - `प्रदेश सरकारले आफ्नो क्षेत्रको जिम्मा सम्पुर्ण रूपले गरिराखेकै छ, किनभने जहाँ जहाँ विपत परेको छ त्यहा त्याहा काम गरिराखेकै छ, जहाँ कनेक्टिभिटि टुटेको छ त्यहा काम गरेकै छ, मानविय समस्या जहाँ परेको छ त्यहा काम गरेकै छ, यदि प्रदेश सरकारलाई जिम्मा दियो भने हामी बनाईदिन्छम् ।‘
गत भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीले मलेखु फुर्केखोलाको पुल बगाएको थियो । उक्त पुल नहुँदा धादिङ र गोरखाका ८ वटा स्थानिय तह नागरिकहरूले सास्ती भोग्नुपरेको छ ।











