२०८३ कार्तिक ९, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार नारायण सिलवालले त्यागे प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य पद

पत्रकार नारायण सिलवालले त्यागे प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य पद

धादिङमा रहेर पत्रकारिता गर्दै आउनुभएका क्रियाशिल पत्रकार नारायण सिलवालले प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य पद त्यागेको घोषणा गर्नुभएको छ ।

पत्रकार सिलवालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट मार्फत पद त्याग गरेको जानाकारी गराउनुभएको हो । साथै अबदेखि कुनै पनि राजनीतिक दलको सदस्यका रूपमा नरहेको र पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय समेत गरेको जानकारी गराउनुभएको छ ।

`पत्रकारिता मेरो कर्म हो, निष्पक्षता मेरो प्रतिबद्धता‘ उहाँले लेख्नुभएको छ । पत्रकार सिलवाल धादिङ पोष्ट डटकमको प्रधान सम्पादक हुनुहुन्छ ।


यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल