नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र काठमाण्डौ रेड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजे शुरु हुनेछ । यस्तै, दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम आमनेसामने हुनेछन् ।
यो खेल बेलुकी ७ बजे शुरु हुनेछ । एनभीएलको पहिलो दिन हिजो सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजले विजयी शुरुआत गरेका छन् ।
सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दा कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई ३–१ कै सेटमा हराएको थियो । नेपालको पुरुष भलिबलमा पहिलोपटक आयोजना भएको फ्रेन्चाइज लिगमा ६ टोली सहभागी छन् ।
केडिया ग्रुपको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा हालसम्मकै ठूलो पुरस्कार राशि हो ।











