नेपाली बजारमा सुन र चाँदीको मूल्य शुक्रबार बढेको छ। सुनको भाउ एकैदिन ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँ बढेर ४ हजार ७७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६२५ रुपैयाँ थियो।









