२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतमा होटलमा काम गर्ने क्रममा तेल पोखिएर धादिङका केशव गुरुङ गम्भीर घाइते

भारतमा होटलमा काम गर्ने क्रममा तेल पोखिएर धादिङका केशव गुरुङ गम्भीर घाइते
सेयर गर्नुहोस्
०सेयर

धादिङको नीलकण्ठ नगरपालिका–२, सिम्लेका ३३ वर्षीय केशव गुरुङ होटलमा काम गर्ने क्रममा शरीरमा तातो तेल पोखिएर गम्भीर घाइते भएका छन् ।

रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका केशवको होटलमा काम गर्ने क्रममा शरीरमा तेल पोखिएपछि गम्भीर घाइते भएको केशवका दिदि गिता गुरुङले जानकारी दिनुभयो । गुरुङको भारतको गोरखपुर स्थित मार्की हस्पीटलको आईसीयूमा उपचार भइरहेको परिवारले जनाएको छ ।

चिकित्सकका अनुसार गुरुङको उपचारमा दैनिक करिब ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च लाग्ने अवस्था रहेको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाइ भएपछि परिवारले सहयोगका लागि अपिल गरेको छ । घाइते गुरुङको उपचारमा सहयोग गर्न चाहनेहरूले उनकी दिदी गीता गुरुङको नाममा रहेको एनआईसी एशिया बैंकको खाता नम्बर E587493692524001 वा क्यूआर स्क्यान गरेर आर्थिक सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

परिवारले केशवको जीवनरक्षाका लागि स्वदेश तथा विदेशमा रहेका आफन्त, शुभेच्छुक तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।