नेपाली कांग्रेस धादिङले १५ औँ महाधिवेशन अन्तर्गत अधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै रुवीभ्याली गाउँपालिकामा पनि आगामी नेतृत्वका लागि आकांक्षीहरूको चर्चा सुरु भएको छ ।
रुवीभ्याली गाउँपालिका–६ निवासी आयुस गुरुङ आगामी गाउँपालिका अधिवेशनमा गाउँपालिका सभापति पदका लागि दाबेदारका रूपमा अघि सर्ने तयारी गर्नुभएको छ । युवा पुस्तामाझ परिचित गुरुङ पर्यटन व्यवसायमा समेत सक्रिय हुनुहुन्छ ।
स्थानीय स्तरमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले अब गाउँपालिका तहको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। नेपाली कांग्रेस धादिङको सार्वजनिक कार्यतालिकाअनुसार असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन हुँदैछ ।









