२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१६१ औँ मोती जयन्ती तथा प्रथम राष्ट्रिय गजल दिवस अमेरिकामा मनाइयो

सेयर गर्नुहोस्
०सेयर

१६१ औँ मोती जयन्ती एवम् प्रथम राष्ट्रिय गजल दिवस अमेरिकाको केन्टकीमा भव्यताका साथ मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्टकी च्याप्टरको आयोजना तथा नेपाल गजल प्रतिष्ठान अमेरिका शाखाको सहकार्यमा दिवश मनाईएको हो ।

बद्री दाहाको अध्यक्षतामा सम्पन्न भएको काव्य उत्सवमा केन्टकी हाउस अफ रिप्रजेन्टेटिभ डिस्ट्रिक ३० बाट हालै मनोनित राज्यप्रतिनिधि मित्र सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले मोतीराम भट्टको तस्बिरमा माल्याअर्पण गरी औपचारिक समुद्घाटन गर्नुभएको थियो । सभामा गैरआवासीय नेपाली संघ, केन्टकी च्याप्टरका अध्यक्ष सेल्वा लामा एवम् इनास केन्टकीका अध्यक्ष सनातन रेग्मी, डा. थोमस वास्तोला, कवि नारायण प्रसाद गौतम र बयोबृद्द व्यक्तित्व हरिकृष्ण भेटवालको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्टकी च्याप्टरद्वरा प्रकाशित साहित्यमाला पुस्तकको अतिथिहरूले सामूहिक लोकार्पण गर्नुभयो । कार्यक्रमकै अवसरमा संंस्थाको स्रष्टा सम्मान शृङखला अन्तर्गत लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गीतकार गोविन्द फुयाललाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संगीतकार गोविन्द फँुयाल, डा. थोमस वास्तोला, डमरू पौडेल, अतुल पोखरेल, नारायण प्रसाद गौतम, बद्री दाहाल, अर्जुन थापा, भिष्म वस्नेत, आदित्य विष्ट, राधा थापा, जमुना खरेल पौडेल, कमला रेग्मी, खेम रेग्मी, केशव जोशी र शिव घिमिरे लगायत दर्जनौँ सर्जकहरूका सृजना दर्शकदीर्घामा मन्त्रमुग्घ हुने गरी गुन्जिए ।

साथै कार्यक्रमको दौडानमा दर्जनौँ बालकलाकारहरूको प्रस्तुति रहेको थियो । अनुपम थापाको भजन गायन, रनोक कोइराला र आयन दाहालले मोतीराम भट्टको परिचय अनि अनिमा गुरागाईँ, अर्पण ढकाल र आकृति ढकालले पृथ्वीनारायण शाहको जीवनी प्रस्तुत गर्नुभयो । श्रृष्टि अधिकारी र इशारा पोखरेल टिमको सामूहिक नृत्य कार्यक्रमको मुख्य आकर्षण रहेको थियो । कार्यक्रममा साहित्यप्रेमी, गजलकार, कवि, लेखक तथा नेपाली भाषा–साहित्यमा रुचि राख्ने समुदायको सहभागिता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।