२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रधानमन्त्री ओलीको उपचार शिक्षण अस्पतालमा जारी

प्रधानमन्त्री ओलीको उपचार शिक्षण अस्पतालमा जारी
कात्तिक १२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे २ बजे अस्पताल पु¥याइएको थियो । शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा उहाँको उपचार भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीको मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली प्रधानमन्त्रीको उपचारमा खटिएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहनु भएको थियो ।
यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।