
कात्तिक १७, धादिङवेशीं ।
सदरमुकाम धादिङवेशीं पुछार बजार स्थित थोपल खोलाको पुलमा ट्रिफर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

धादिङवेशींतर्फ आउँदै गरेको बा २ क ९१११ नम्बरको ट्रिफरलाई सोही दिशाबाट आउँदै गरेको बा २ क ७७२० नम्बरको ट्रिफरको ब्रेक फेल भई पछाडीबाट ठक्कर दिँदा बा २ ख ७७२९ नम्बरको ट्रिफर चालक लम्जुङ जिल्लाका वर्ष ४२ का कुमार कार्की घाईते हुनु भएको हो ।
घाईते कार्कीको बाया गोडा च्यापिएको छ भने अहिले जिल्ला अस्पताल धादिङवेशींमा उपचार भईरहेको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
