२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दुर्घटनामा एघार घाइते

दुर्घटनामा एघार घाइते


कात्तिक १९ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्“िकदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्“िकदा बसमा सवार ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये नवलपरासी सुस्ता गाउ“पालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।

घाइते तीन जनाको नया“ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।