कात्तिक १९ ।
नेपाल विद्युत प्राधिकरणले विद्युतियतार जमिनमुनी विछ्याउने योजना अघि बढाएको छ । देशका मुख्य शहरका विद्युतको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्नका लागि प्राधिकरणले यस्तो योजना अघि सारेको हो ।

अबको २ वर्षभित्र काठमाडौँ उपत्यका भित्रको विद्युतीयतार जमिनमुनी विछ्याइ सक्ने प्राधिकरणले जनाएको छ । सुरुमा काठमाण्डौँ उपत्यकाको केबुल र टेलिफोनका तार जमिनमुनी विछ्याउने योजना भएपनि यसलाई देशका सवै सहरमा लैजाने प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले बताउनुभयो ।

काठमाण्डौँ उपत्यकामा विद्युतकातार विछ्याउने कामको ठेकेदार छनोटका लागि प्राधिकरणले गएको आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ ।

Facebook Comments