
कात्तिक १९ ।
डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।
सदरमुकाम दुनैबाट जुफालका लागि छुटेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिनुभयो । घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको छ ।