तस्विर : राजाराम शर्मा,स्टेशन म्यानेजर, रेडियो धादिङ

कात्तिक १९ ।
भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको बसेरी स्वास्थ्य चौकि सोमबार एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तरगत युनिसेफले निर्माण गरेको प्रिफ्याव भवन सोमबार हस्तान्तरण गरिएको हो ।

गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीमा आयोजित कार्यक्रममा संघिय संसदका सदस्य खेमप्रसाद लोहनीले भवन हस्तान्तरण गर्नुभयो । करिव ६० लाख लागतमा निर्माण भएको भवन अन्तरराष्ट्रिय स्तरको सुविधा उपलव्ध हुने बताईएको छ । वडा नं ६ का वडाअध्यक्ष भक्तबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सांसद लोहनीले स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकोले आम नागरिकलाई सर्वससलभ स्वास्थ्य सेवा उपलव्ध गराउन वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

सांसद लोहनीले स्वास्थ्य सेवा उपभोग मात्र गर्ने नभई यसको व्यवस्थापनमा पनि लाग्न स्थानीयबासिसंग आग्रह गर्नुभयो । तयसैगरी प्रदेश ३ का सदस्य जगत बहादुर सिम्खडाले युवाहरुलाई सिर्जनात्मक र आयमुलक काममा लगाउनु पर्नेमा जोड दिनुभयो । युवाहरुको विदेश पलायनलाई रोक्न अब स्थानीय सरकारले युवा लक्षित कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा रराख्नुभयो ।

कार्यक्रममा युनिसेफका प्रतिनिधि उद्धव पौडेलले स्वास्थ्य चौकी निर्माण र यसमा उपलव्ध सेवाका बारेमा जानकारी गराउनुभएको थियो । साँस्कृतिक कार्यक्रम सहित सञतालन गरिएको कार्यक्रममा नजिकिदो चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

Facebook Comments