
मंसिर ५, धादिङ ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ चरौंदी खेल मैदानमा यहि मिंसिर १४ देखि २३ गतेसम्म हुन गईरहेको धादिङ कृषि, पर्यटन तथा औद्यागिक मेला २०७५ को प्रचारप्रसारलाई तिब्र पारेको छ । धादिङ उद्योग वाणिज्य संघ, दक्षिणी क्षेत्रिय समितिको आयोजना, बेनीघाट रोराङ गाउँपालिकाको सहआयोजना तथा प्रोवायोटेक इष्डष्ट्रिज प्रा.लि.को मुख्य प्रयोजकमा मेला आयोजना गर्न लागिएको आज एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको मेलामा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय रुपमा ख्याती प्राप्त कलाकारहरुबाट दैनिक साँस्कृतिक प्रस्तुती, जडिवुटी तथा वनपैदावारको प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहने छ ।
मेलामा करिव १५० वटा स्टल रहने आयोजकले जनाएको छ । मेलामा धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार एवम् प्रवद्र्धनको लागि त्रिशुलीनदीमा ¥याफ्टिङ एवम् जिल्लाको पर्यटकिय क्षेत्रहरुको जानकारी गराईनुका साथै विभिन्न जनजातीहरुको भेषभुषा झल्कनेखालको सँस्कृति प्रदर्शनी हुनेछ । मेलामा विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको छ । ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य सहित आयोजना गर्न लागिएको मेलामा १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।