मंसिर ६ ।
विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दापनि द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् । पीडितका लागि गठन भएको दुई आयोगले राम्रोसँग काम गर्न नसक्दा पीडितले न्याय पाउन नसकेका आयोगनै बताउँछ ।

न्यायका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग अझै अलमलमा छ । आयोगका सदस्य मञ्चला झाले आयोगले जुन रुपले काम गर्न सक्नुपर्ने हो, त्यसरी काम गर्न नसकेको बताउनभुयो ।

सदस्य झाले राजनीतिक दलले नै गठन गरेको आयोगमा अझै पनि राजनीतिक दवाव पर्ने गरेकोले काम गर्न असहज भएको बताउनुभयो । उहाँले न्यायको प्रक्रिया राजनीतिक गोलचक्करमै घुमिरहेको हुनाले समस्या हुने गरेको र न्याय दिलाउन अप्ठ्यारो भएको बताउनुभयो ।

Facebook Comments