२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बस र मोटरसाईकल एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु,एक घाईते

सेयर गर्नुहोस्
०सेयर

१६ मंसिर,धादिङ

धादिङको पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका ६ दशकिल्लामा बस र मोटरसाईकल एक आपसमा ठक्कर खादा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

धादिङबाट काठमान्डौ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा गजुरी गाउँपालिका चिसापानिका ५५ बर्षीय मोटरसाईकल चालक नारायणकाजी भण्डारी रहेका छन् । यसैगरी घाईते हुनेमा सोहि मोटरसाईकल पछाडी रहेका ४२ बर्षीय धन कुमारी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईते भण्डारीको धार्के अस्पतालमा उपचारको लागि पठाईएको छ भने मोटरसाईकल ,बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।