
मंसिर १६ ।
सरकारले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर पनि कार्यान्वयनमा नआएका स्थानमा अनुगमन गर्ने भएको छ ।
अहिलेसम्म देशका ६० जिल्ला खुल्ला दिसामुक्त घोषणा भएका छन् । तर खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका १५ देखि २० प्रतिशत स्थानमा शून्यदेखि नै सरसफाईको अभियान चलाउनुपर्ने अवस्था रहेको सरकारले नै स्वीकार गरेको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले नागरिकका लागि निरन्तर रुपमा चेतनामूलक अभियान चलाउने बताउनुभएको हो ।
सरकारले अबको २ महिनाभित्रै सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको छ । एउटा जिल्लालाई खुल्ला जिल्लामुक्त बनाउन जनघनत्व हेरेर कम्तिमा १ करोडदेखि ३ करोडसम्म खर्च भएको छ । सरदरमा एउटा जिल्ला घोषणा गर्न २ करोड लागेको माने ६० जिल्ला घोषणा गर्दा १ खर्ब २० करोड रकम खर्च भएको छ ।