२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश जबराका विषयमा आज सुनुवार्इ

प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश जबराका विषयमा आज सुनुवार्इ

पौष १७, धादिङ ।
प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश चालेन्द्र समशेर जबराका विषयमा मंगलबार सुनुवाइ हुने भएको छ । गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाई गर्ने क्रममा सङ्घीय संसदका कर्मचारीहरूले आन्दोलन गरेपछि सुनुवाइ प्रभावित बनेको थियो ।

सांसदहरूले गरेका प्रश्नको आज जबराले जवाफ दिनुहुनेछ । कर्मचारीको आन्दोलनका कारण स्थगन गरिएको सुनुवाइ मंगलबार बिहान ११ बजे गर्ने समितिले तयारी गरेको छ । जबराका विषयमा ९ वटा उजुरी परेका छन् । प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले उमेर हदका कारण मंगलबारबाट अवकाश पाउनुहुनेछ ।

यसअघि संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी पनि यसपटक प्रधानन्यायाधीश बन्ने लाइनमा हुनुहुन्थ्यो । तर संवैधानिक परिषदले जबराको नाम मात्रै अनुमोदन गरेको छ । संविधानको धारा १२९ उपधारा २ मा ’संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने’ व्यवस्था छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।