पुष २० ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेसँगै पुनर्निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ ।

भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरूको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुला भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले पारित गरेको कार्यविधिमा पुरातत्विक महत्व रहेका एक सय वर्षभन्दा पुराना तथा २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका स्तूपाहरूको पुनर्निर्माण आवश्यकता बमोजिम पुरातत्व विभागको स्वीकृति गर्न सकिने निर्णय गरेको छ ।

पुनर्निर्माण आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधार) को प्रत्यक्ष संलग्नतामा गर्नुपर्ने प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरिया भन्दा कमका गुम्बा, बिहार तथा स्तूपाहरूको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समितिमार्फत गर्ने कार्यलाई प्राथमिकता दिइने कार्यविधिमा भनिएको छ । प्राधिकरणका अनुसार भूकम्बाट क्षति भएका गुम्बाहरुको सङ्ख्या एक हजार ३ सय २० छ, जसमध्ये पुनर्निर्माण गर्नुपर्ने गुम्बाको सङ्ख्या ८ सय ९५ र मर्मत सम्भार गर्नुपर्ने गुम्बाको सङ्ख्या ४ सय २ छ ।

Facebook Comments