पौष २०, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको काफलपानी गुरुङ गाउँमा तमू ल्होसार भव्यताका साथ मनाईएको छ ।

तमूहरुको महान चाड तमू ल्होसार (मृग) वर्गको पावन अवसरमा आयोजीत शुभकामना आदन प्रदान एवं वृहत सांस्कृति कार्यक्रम भव्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

काफलपानी तमू समाजद्वारा आयोजीत ल्होसार कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरुङ मुख्य आर्कषणको रुपमा रहेको थियो । टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको कार्यक्रममा अमृत सापकोटा, सिताराम परियार सरगम लगायत स्थानिय कलाकारहरुले सालैजो, कौह्रा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा तमु विद्यार्थी छात्रवृति कोष स्थापना भएको छ ।

श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा तमु (गुरुङ) विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गरिएको छ । तमु (गुरुङ) समुदायभित्र रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि यो कोष स्थापना गरिएको हो । कोष स्थापनाका लागि प्रधानाध्यापक हरि इटनिले (२,५००) दुई हजार पाँचसय रुपैंयाको कोष स्थापना गर्नुभएको हो ।

काफलपानी तमु समाजका संयोजक प्रेम गुरुङको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा तमू ह्यूल छोंज धी गुरुङ राष्टिय परिषदका सदस्य के।बी गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

फोटो हेर्नुहोस् :–

 

Facebook Comments