२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रेडियो धादिङको ११ औं वार्षिक उत्सवमा यस्तो देखियो (फोटो फिचर)

रेडियो धादिङको ११ औं वार्षिक उत्सवमा यस्तो देखियो (फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

पुस २१, धादिङ ।
धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्जले शनिबार आफ्नो ११ औं वार्षिक उत्सव विविध कार्यक्रमको साथमा मनाएको छ ।

समुदायको लागि समुदायको आवाज भन्ने मुल नाराका साथ विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडी बढिरहेको रेडियो धादिङ शनिबारबाट स्थापनाको ११ औं वर्ष पुरा गरि १२ औं वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम गरेको हो ।

रेडियोले लोप हुदै गएको पञ्चैबाजालाई संरक्षण गर्ने उद्देश्यले जिल्ला स्तरिय खुल्ला पञ्चैबाचा प्रतियोगिताको आयोजना गरिएको छ । पञ्चैबाजा प्रतियोगितामा जिल्लाभित्रका विभिन्न १९ वटा समूहले सहभागीता जनाएका छन् । यस्तै वार्षिक उत्सवकै अवसरमा रेडियो धादिङको नवनिर्मित भवनको समेत उद्घाटन तथा शालिक अनावरण गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नवनिर्मित भवन एवं शालिक अनावरण गर्नु भएको हो ।

२०७३ साल असोज ७ गते विहानको समयमा जिल्ला वन कार्यलय धादिङले वल प्रयोग गरेर निलकण्ठ नगरपालिका वडा नम्बर ८ साँधुटारमा भएको रेडियो धादिङको भवन भत्काएपछि अहिले धादिङवेशीं शान्त बजारमा आफ्नै विद्यासागर स्मृति सञ्चार भवनबाट प्रशारण हुँदै आएको छ ।
फोटो हेर्नुहोस् :–

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।