२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पश्चिमी वायुको प्रभावले वर्षा

पश्चिमी वायुको प्रभावले वर्षा
सेयर गर्नुहोस्
०सेयर

पुस २३ ।

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ । सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भएपनि बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

विभागका अनुसार मङ्गलबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै बुधबार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।