
पुष २५ धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिका ,हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रमको कार्यान्वयन तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।
समितिका संयोजक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । कार्यक्रम अन्तरगत बिगत ३ महिनामा भएको कार्यक्रम तथा प्रभावकारीता र उपलब्धिको समिक्षा गरिएको थियोे ।
कार्यक्रम सिद्धलेक गाउपालिकाको वडा नं १ देखि ५ सम्म ८ वटा मुल समूह र ३५ वटा उपहार समूह मार्फत सामाजिक पुजि बृद्रि तथा साना पशु बाख्रापालन गरि अायअार्जन बढाउने संचालनमा रहेको छ । कार्यक्रममार्फत अाधारसिला तालिम ,उन्नत जातको बोका बााेख्रा सहयोग, सुधारिएको खोर निर्माण लगायत कार्य भई रहेको छ ।

बैठकमा उपाध्यक्ष कमला शर्मा ,प्रमुख प्रशासकीय अधिकृत ,लक्ष्मण प्रसाद भट्टराई ,वडाध्यक्षहरु,हेफरका कार्यक्रम अधिकृत ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल ,उपहार कृषि सहकारीको पदाधिकारीको उपस्थिति रहेको थियोे । उक्त अवसरमा प्रयास नेपाल धादिङबाट उपहार कृषि सहकारीलाई १ थान कम्प्युटर र प्रिन्टर पनि हस्तान्तरण गरिएको प्राविधिक संयोजक ईश्वरी कोेेईरालाले जानकारी दिनु भयो ।