पुस २५, धादिङ ।
दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ चोतेसमा निर्माण गरिएको २ कोठे विद्यालय भवन र बाल,अपाङ्गता,किशोरी मैत्री ३ कोठे शौचालय र खानेपानी मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।
प्रयत्नशिल सामुदायिक समाज नेपाल ९प्रयास नेपाल०को साझेदारीमा युनाइटेड मिसन टु नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको बागेश्वरी आधारभूत बिद्यालय मंगलबार एक भव्य कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो
वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्य तथा बिद्यालय व्यवस्थापन समितिका हर्क बहादुर तामाङको अध्यक्षतामा भएको बिद्यालय हस्तान्तरण कार्यक्रम वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तवहादुर डल्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ,शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख शिव रेग्मी ,जिल्ला आयोजना कार्यान्वयन (शिक्षा) ईकाई का प्रमुख नवराज खतिवडा ,वडाध्यक्ष टंक थापा ,युएमएमका टीम लिडर,पत्रकार सहितको उपस्थितिमा हस्तान्तरण सम्पन्न भएको हो ।
५५ जना चेपाङ बालबालिकाहरुले सुरक्षित र बालमैत्री कक्षा कोठामा बसेर अध्ययन वातावरण सिर्जना भएकोमा प्रधानाध्यापक बुद्धिमाया चेपाङले खुशी व्यक्त गर्नु भयो । बिद्यालय भवन निर्माण गर्न २७ लाख ४७ हजार ५ सय ३० रुपैयाँ र शौचालय तथा खानेपानी निर्माणमा ४ लाख ८९ हजार ५ सय पैतिस रुपैयाँ खर्च भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि डल्लाकोटी बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई बिद्यालय हस्तान्तरण प्रमाण पत्र उपलव्ध गराएका थिए । कार्यक्रममा भनाइ राख्नु हुँदै गाउँपालिका अध्यक्ष डल्लाकोटीले अब हरेक अभिभावकहरुले बालबालिकालाई समयमन नै बिद्यालय पठाउन र शिक्षकहरूले पनि बालबालिकालाई बालमैत्री र बोध सहित सिकाई हुने तरिकाले पढाउन आग्रह गर्नु भयो । अध्यक्ष डल्लाकोटीले बिद्यालय उमेर पुगेका बालबालिकालाई बिद्यालय नपठाए तिनका अभिभावकहरुले गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुबिधा रोक्का गरिने समेत बताउनु भयो ।
यसै कार्यक्रममा बोल्दै डल्लाकोटीले बेनिघाटरोराङ गाउँपालिकाले गाउँलाई मदिरा प्रयोगमा बन्देज लगाएकाले कोही कसैले स्थानीय स्तरमा उत्पादन तथा प्रयोग गरेमा गैर कानुनी हुने हुनाले यस बिषयमा सबैलाई सचेत हुन र वडा तथा स्थानीय प्रहरी ईकाईलाई नियमित अनुगमन गर्न निर्देशन समेत गरेका छन् । नवनिर्मित बिद्यालय भवन बाल मैत्री अपाङ्गमैत्री र शौचालय लौङ्गिक मैत्री छ । भूकम्प प्रतिरोधात्मक नयाँपक्की भवन पाएकाले यहाँका विद्यार्थी, शिक्षक र अभिभावक र जनप्रतिनिधिहरुमा समेत खुशियाली छाएको छ ।
४ वटा कक्षा एकै कोठामा सञ्चालन भैरहेको अवस्थामा सुरक्षित कक्षा कोठामा पि फर्म,कार्पेट कुशन सहितको बसाई व्यवस्थापन ,बालमैत्री शौचालय र खानेपानी एकै पटक पाउँदा हर्षित भएको कार्यक्रम सहभागी आमाहरुको भनाइ रहेको छ । धादिङको दक्षिणी भेगको चेपाङ्गहरुको बाहुल्यता रहेको बस्तिहरुमा कसैको आँखा पुगेको थिएन आज सहयोगी संस्थाले बिद्यालय निर्माण गरेर ठुलो गुन लगाएको छ वडाध्यक्ष टंक थापाको भनाइ रहेको छ । बाल बिकास देखी कक्षा तिनसम्म ५५ जना विद्यार्थीहरु रहेको यस विद्यालयमा सरकारी दरबन्दिको शिक्षकहरु समेत छैनन् ।
सबै चेपाङ्ग बालवालीकाहरु मात्र अधयान गर्न आउने उक्त विद्यालयमा यस बर्ष देखि बेनिघाट रोराङ गाउँपालीकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने अन्य एक जना गाँउलेहरुलेनै श्रोत जुटाई शिक्षक राखेर कक्षा संचालन भई रहेको भीम चेपाङले जानकारी दिनु भयो ।
फोटोहरु हेर्नुहोस् :-





