पौष २८ धादिङ
ल्होछार नजिकिए सगैँ नेपाल तामाङ घेदुङ सास्कृतिक विभाग धादिङको शनिवार जिल्ला कार्यसमिती गठन गरिएको छ ।

नेपाल तामाङ घेदुङ धादिङका महासचिव सुकलाल तामाङको अध्यक्ष्यतामा बसेको भेलाले १३ सदस्यीय कार्यसमितीको गठन गरेको हो । भेलाले अध्यक्षमा बिमल तामाङ, मेलिना तामाङ र विकल तामाङलाइ उपाध्यक्षमा चयन गरेको छ । त्यसै गरि सचिवमा राज गोम्जा, सहसचिवमा सबिना तामाङ र कोषाध्यक्षमा सन्दिप स्याम्चेनलाइ चयन गरेको हो ।
नजिकिएको ल्होछर कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सफल पार्न र केन्द्रिय सास्कृतिक विभागको महा अधिवेशनको लागी पनि समिती गठन गरिएको कोषाध्यक्ष सन्दिप स्याम्चेनले बताउनुभयो ।