गायक लालकाजी श्रेष्ठले एकल गायन प्रस्तुत गर्नुभएको छ । गत पुस २६ गते सांस्कृतिक संस्थान काठमाण्डौंको सभाहलमा उहाँले एकल गायन प्रस्तुत गर्नुभएको हो । साँस्कृतिक संस्थान काठमाडौंले आयोजना गरेको सुर साधनाको ७ औ श्रिङ्खलामा गायक श्रेष्ठको आवाजले संस्थानको हल गुन्जयमान भएको थियो ।

धादिङमा जन्मिएर कर्मथलो काठमाडौं बनाउदै आउनुभएका श्रेष्ठको हाम्रो धादिङ राम्रो धादिङ, नाकाबन्दीले लगायतका धेरैगितहरु दर्शक श्रोताको मुखमा झुन्डीरहने गीतहरु छन् ।

बरिष्ठ संगितकार दिपक जंगमले गायक लालकाजी श्रेष्ठलाई फूलमाला र खादा ओंढाएर शुभकामना दिनुको साथै कदरपत्रद्वारा सम्मान पनि गर्नु भएको थियो । १५ बर्ष अगाडि पहिलो नेपाली ताराको प्रतिस्पर्धामा भाग लिएर गायक लालकाजी श्रेष्ठले उत्कृष्ठ दशौं स्थानसम्म आइपुगेको थियो ।

बरिष्ठ संगीतकार एवं कार्यक्रमका प्रमुख अतिथि दिपक जंगमले लामो समयपछि फेरि लालकाजीलाई सुन्न पाउँदा उनमा धेरै निखार आएको र उनको स्वरमा स्वर सम्राट नारायण गोपालको मिठास भएको भन्दै उहाँले गायक श्रेष्ठलाई नयाँ नयाँ शैलीको गीत गाउदै जानुस् र संगितिक उन्नयकोलागि सदा लागिरहनुस् भन्ने सुझाव पनि दिनु भयो ।

सो कार्यक्रममा गायक लालकाजी श्रेष्ठले ९ ओटा गीतहरू गाउनुभएको थियो । सयौं संख्यामा उपस्थित दर्शक स्रोत्राहरूले हल खचाखच भरिएको थियो । अन्तमा कार्यक्रम बाट पाएको उर्जा र हौसला मार्फत जीवन पर्यन्त आफु नेपाली गीत संगीतको सेवामा सकृय रहने कुरा गायकले बताउनुभयो । कार्यक्रमको रेडियो धादिङले प्रत्यक्ष प्रसारण गरेको थियो । गायक लालकाजी श्रेष्ठले सातौं वर्ष सम्म रेडियो धादिङमा कार्यक्रम संयोजकको रुपमा पनि काम गर्नुभएको थियो ।

बरिष्ठ संगितकार दिपक जंगमको प्रमुख आतिथ्यमा सुरू भएको उक्त कार्यक्रम उध्योग राईको अध्यक्षता र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा.गार्गी शर्मा, कवि भाग्यशाली अधिकारी,कवि गितकार बिजयध्वज थापा, कवि द्वारिका कुईकेल, कवि तारा केसी अतिथिको रूपमा रहनु भएको थियो।

Facebook Comments