२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री

पौष ३० धादिङ

धादिङ उद्योग वाणिज्य संघको नवौँं अधिवेशनबाट रुद्रबहादुर खत्री रामशरण जिल्ला अध्यक्षमा विजयी हुनुभएको छ ।
जिल्ला समितिको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनबाट कुल ६ सय ५४ मत सहित खत्री अध्यक्षमा विजयी हुनुभएको हो । प्रतिद्धन्द्धि उम्मेदवार विष्णु थपलियाले ६ सय १२ मत प्राप्त गनुभएको छ । त्यसै गरि दक्षिणी क्षेत्रिय अध्यक्षमा २ सय ८६ मत सहित दिपक कुमार कार्कि विजयी हुनुभएको छ भने मध्य क्षेत्रिय अध्यक्षमा राजकुमार श्रेष्ठ २ सय ७१ मत सहित विजयी हुनुभएको छ ।
उत्तर क्षेत्रिय अध्यक्षमा दुवै उम्मेदवारको मत परिणाम बरावर भएकोले दुर्गादत्त उप्रेती गोलाप्रथाबाट पहिलो १८ महिनाको कार्यकालको लागी विजयी हुनुभएको छ भने शुशिल अधिकारी दोस्रो १८ महिनाको लागी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यसै गरि जिल्ला समिति अन्तर्गत महिला सदस्यहरुमा विष्णु श्रेष्ठ, मनमाया गोतामे, गिता पाठक निर्वाचित हुनुभएको छ । बाणिज्य सदस्यहरुमा राजेश अधिकारी, रामकुमार शाह विजयी हुनुभएको छ । त्यसै गरि उद्योग सदस्यहरुमा राजाराम सिलवाल, अजय त्रिपाठी र विष्णुमणि श्रेष्ठ विजयी हुनुभएको छ । खुल्ला सदस्यहरुमा इश्वर प्रसाद कोइराला, सुदिप रसाइली, शकर पण्डित, लोकनाथ डल्लाकोटी, विश्वराम दुवाडी, रामकुमार डल्लाकोटी, निर्पेश न्यौपाने र किरण चन्द्र रावल विजयी हुनुभएको छ । त्यसै गरि गोविन्द भण्डारी र रमेशभाइ अधिकारी बस्तुगत सदस्यमा त्यस्तै सुरेन्द्र श्रेष्ठ र पुस्पराज थपलिय एसोसियट्स सदस्यमा निर्वाचित हुनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।