२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिने प्रक्रिया सुरु

मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिने प्रक्रिया सुरु

माघ ८ ।
सरकारले भिसा आइसकेका कामदारलाई मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ ।

मलेसिया जान रोक लगाउनुभन्दा अघि नै भिसा प्राप्त गरेका कामदारलाई श्रम स्वीकृति लिएर मलेसिया जान अनुमति दिन लागेको हो । पठाउने समझदारीयसअघि मलेसियाँसग भएको थियो । त्यसका लागि दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्ने वैदेशिक रोजगार विभागका निर्देशक एवम सूचना अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो ।

मेनपावर व्यवसायीले भने संस्थागत रूपमा नखोली व्यक्तिगत भिसा प्राप्त भइसकेकाको लागि मात्र खुला गरेकोप्रति वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष रामप्रशाद भान्तनाले आपत्ति जनाउनुभयो । भिसा प्राप्त गरेका ९ हजारभन्दा धेरै नेपाली श्रमिक अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा छन् । सरकारले बिचौलियामार्फत कामदार ठगिएको भन्दै अध्ययन र कारबाहीपछि मलेसियमा जान रोक लगाएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।