२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टी–ट्वान्टी सिरिजमा नेपालले आज युएईको सामना गर्दै

टी–ट्वान्टी सिरिजमा नेपालले आज युएईको सामना गर्दै

माघ १८ ।
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरुद्ध दोस्रो टी–ट्वान्टी क्रिकेट खेल्दैछ ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार २ः४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जोगाउने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ खेलको सिरिज १–१ को बराबरी गर्न चाहन्छ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई जित निकाल्न निकै कठिन हुनेछ । पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय सिरिजमा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

पहिलो टी–ट्वान्टी सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो खेलमा पराजय व्यहोरेमा नेपालले एक खेल अगावै सिरिज गुमाउनेछ । जित निकाले पहिलो टी–ट्वान्टी सिरिज जित्ने आशा कायम रहनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।