२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

८४ प्रतिशत सडक दुर्घटना चालकको लापरवाहीबाट : ट्राफिक प्रमुख

८४ प्रतिशत सडक दुर्घटना चालकको लापरवाहीबाट : ट्राफिक प्रमुख

माघ १८, भक्तपुर
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत सडक दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभएको छ । आज भक्तपुर ट्रक व्यवसायी संघको १९ आँै वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै पन्तले ठूला चारपाङग्रे र दुई पाङग्रे सवारीसाधनको लापरवाहीका कारण दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सवारीको तीव्रगति कम गरेर निश्चित गतिमा सवारीसाधन चलाउने र सडक लेन तथा सवारी नियम मात्रै पालना गर्ने हो भने ५० प्रतिशत भन्दा बढि दुर्घटना कम हुन्छ ।” ट्राफिक नियम पालना नगर्ने चालक राम्रो चालक होइनन् भन्दै उहाँले चालकको लापरवाहीकै कारण ठूला–ठूला दुर्घटना र क्षति हुने गरेको बताउनुभयो । महाशाखा प्रमुख पन्तले विश्वमा आधुनिक प्रविधिको व्यवस्था भए पनि नेपालमा हातकै भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले दैनिक लाखौंको संख्यामा सवारीसाधन गुड्ने उपत्यकाको सडकमा सडकको राम्रो र व्यवस्थित वैकल्पिक व्यवस्था नभएसम्म ट्राफिक जामलाई घटाउन र व्यावस्थापन गर्न मुस्किल हुने बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।