२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज देशका अधिकांश ठाउँमा पानी पर्ने

आज देशका अधिकांश ठाउँमा पानी पर्ने
सेयर गर्नुहोस्
०सेयर

माघ २४ ।
देशका अधिकांश भागमा आज वर्षा हुने र्मासम पूर्वानुमान महाशाखाले जनाएको छ । धादिङमा आज बिहानैदेखि पानी परिरहको छ ।

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात र बर्षासँगै पहिरो जाने खतरा रहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ । बाढी पूर्वानुमान शाखालेसूचना जारी गर्दै उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो बर्षा हुन सक्ने भएकाले हिमपहिरो र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।

पश्चिमी वायुको प्रभावको नयाँ प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेकाले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको भएको जनाइएको छ । आजदेखि शनिबारसम्म देशभर वर्षा र हिमपात हुने मौसमविद्हरुले बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।