२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मेलम्ची खानेपानी आयोजनामा नयाँ बाटो खोजिदै

मेलम्ची खानेपानी आयोजनामा नयाँ बाटो खोजिदै

माघ २५ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीसँग ठेक्का सम्झौता तोडेपछि सरकार नयाँ उपायको खोजीमा लागेको छ ।

विहिबार मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको हो । आयोजनाको निर्माण कार्य सम्पन्न नहुँदै मेलम्ची खानेपानी विकास समितिलाई कुनै जानकारी नै नगराई आयोजनास्थल छाडेर हिडेको इटालियन कम्पनी सिएमसीलाई ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको जवाफ १४ दिन भित्रमा पठाउन समितिले गत माघ ६ गते पत्राचार गरेको थियो।

ठेकेदार कम्पनी सिएमसीबाट कुनै पनि जवाफ नआएपछि सरकार ठेक्का तोड्ने निर्णयमा पुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक शूर्यराज कडेलले जानकारी दिनुभयो । उहाँले आजदेखि नयाँ ढंगले छलफल सुरु गर्ने बताउनुभयो । समितिले छलफल गरेर प्रस्ताव तयार गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुनेछ ।

छिटो काठमाडौंमा पानी ल्याउनेगरिका सबै उपाय खोजीने उहाँले बताउनुभयो । ठेक्का तोडिए पनि आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले सरकारलाई विकल्प सहितको प्रस्ताव तयार गर्ने जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।