
फागुन १५ ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण अन्र्तगत तीस दशमलव २ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सकिएको छ ।
नेपाल तर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब नेपालतर्फ नौ किलोमिटर मात्र बाँकी रहेको नेपाल आयल निगमले जनाएको हो । पर्सा राष्ट्रिय निकुञ्जको पथलैया देखि अमलेखगञ्ज सम्म नौ किलोमिटर जङ्गल क्षेत्रको बाटोमा पाइप बिछ्याउन बाँकी रहेका निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।
उहाँले तीव्र गतिमा काम भइरहेकाले निकुञ्जको वनक्षेत्रमा केही दिन भित्रै रुख काट्ने काम शुरु गरिने उहाँले बताउनुभयो । भारतको मोतिहारीदेखि रकसौल सम्म ३३ दशमलव ७ किलोमिटर मध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको जनाइएको छ ।