फागुन २३ ।
जिल्ला प्रहरी कार्यलय धादिङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत धादिङको विभिन्न स्थानहरुमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

कार्यक्रम मध्ये धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा स्थानियहरुलाई आधारभुत कानून र मानव अधिकार सम्बन्धी कार्यक्रम गरिएको छ । त्यस्तै सदरमुकाम धादिङवेशी लैङगिक हिंसा न्यूनिकरण र महिला तथा बालबालिका बिरुद्धका अपराध नियन्त्रण सम्बन्धी घरदैलो कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ र लैंङ्गिक हिंसा नियन्त्रण संजाल समिती धादिङको संयुक्त आयोजनामा घरदैलो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानाकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख र प्रतिनिधिहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

साथै घरदैलो कार्यक्रमको समिक्षा बैठक पनि हिजै गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको महिला तथा बालबालिका सेवा केन्द्रको सभा हलमा घर दैलो कार्यक्रमको समिक्षा गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारको अध्यक्षतामा सम्पन्न भएको समिक्षा वैठकमा प्रमुख जिल्ला अधिकारी  भागिरथ पाण्डेयले लैङगिक तथा घरेलु हिंसाबाट पिडित भई प्रहरी कार्यलयबाट छलफल परामर्श पश्चात प्रभावकारी मिलापत्र भएको ३ जना सेवाग्राहीलाइ सम्मान गर्नुभएको थियो ।

यसैगरि धादिङको सल्यान्टारमा सामाजिक विकृती‚ सुरक्षा तथा हिंसा विरुद्धका जनचेतनामुलक कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा‚ विकृति‚ महिला तथा बालबालिका विरुद्ध हिंसा सम्बन्धमा सल्लाह सुझाव दिएका थिए ।

यस्तै ज्वालमुखी गाउँपालिका वडा नम्बर २ मा आकस्मिक नंम्बर १०० को प्रयोग संम्बन्धी जानकारीमुलक कार्यक्रम गरिएको छ । कार्यक्रममा १०० नम्बरमा फोन गरि जुनसुकै प्रकारका अपराध‚ घटना‚ दुर्घटनाको सुचना प्रहरीलाई दिने भन्ने वारे जानकारी गराईएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्ष प्रकाश विष्टले जानाकारी दिनुभयो ।

कार्यक्रमका झलकहरु:-

Facebook Comments