२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा गल्छीमा कचहरी नाटक(फोटो फिचर)

१०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा गल्छीमा कचहरी नाटक(फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

फागुन २३, धादिङ ।
१०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा लैंगिक समानता सम्बन्धी कचहरी नाटक ‘सोच’ मञ्चन गरिएको छ ।

धादिङको गल्छी गाउँपालिकाको महेश दोभानमा नाटक मञ्चन गरिएको हो । नाटकमा महिला माथी हुने हिंसा, छोरा र छोरीमा गरिने विभेद, अपाङ्गता भएकाहरुलाई समाजले हेर्ने दृष्टिकोण लगायतका विषयहरु समावेश गरिएको थियो ।

धादिङ नाट्य समाजका कलाकारहरु शालिकग्राम अधिकारी, सुदिप अर्याल, प्रविण घिमिरे, सम्झना तामाङ, सुनिता रिजाल, रेखबहादुर गुरुङ लगायतले नाटकको विषय वस्तुमा रहेर नाटक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा गाउँपालिका भित्र रहेका एकल महिलाहरुलाई रातो अविर र रातो पछ्याउरा ओढाएर सम्मान पनि गरिएको थियो ।

श्रीमान वितिसकेपछि महिलाहरुले सेतो लगाउनुपर्छ भन्ने कूरितिलाई निर्मूल पार्ने उद्देश्यले एकल महिलाहरुलाई रातो लगाएर सम्मान गरिएको आयोजकले जनाएको छ । गल्छी गाउँपालिकाको आयोजना तथा सुआहारा, अपाङ कल्याण संघ धादिङ र अम्लेश्वर महिला विकास कृषि सहकारी संस्था लिं.को संयुक्त सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमकै अवसरमा लैङ्गीक समानता विषयक वक्तृत्वकला प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुने विजयी विद्यार्थीहरुलाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार ५ सय नगद पुरस्कार वितरण गरिएको थियो ।

फोटो हेर्नुहोस्:-

तस्विर : शालिकग्राम अधिकारी/प्रविण घिमिरे

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।