चैत्र १०, धादिङ ।
नेत्रावति डपजोङ गाउँपालिका, वडा नम्बर ४ स्थित सेल्ले पङटारमा आयोजित प्रथम प्रदिप स्मृति कप फुबल प्रतियोगिता २०७५ को उपाधि लपाङ युवा समाजले चुमेको छ । हिजो भएको फाइनल खेलमा थ्री स्टार ब्रदी क्लबलाइ ५–१ गोलको फराकिलो गोल अन्तरले हराउँदै लपाङ युवा समाजले प्रथम उपाधि जितेको हो । सथै प्रतियोगितामा थ्री स्टार ब्रदी क्लबले दोस्रो उपाधि जितेको छ । गत चैत्र ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेत्रावति डपजोङ गाउँपालिका भित्रका कुल १८ वटा प्रतियोगि टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टीमलाइ नगद रु. ४० हजार सहित मेडल र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । भने द्धितिय हुने टिमलाइ नगद रु. २० हजार सहित मेडल र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । यसका साथै बेस्ट प्लेयर,बेस्ट डिफेन्स,बेस्ट गोल रक्षक लाइ पनि मेडल र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पमा परि मृत्यु भएका प्रदिप तामाङको स्मृतिमा छोयलिङ युवा क्लव नेत्रावति डपजोङ वडा नम्बर ४ द्धारा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रथम प्रदिप स्मृति कप फुबल प्रतियोगिता २०७५ को समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभाका सांसद डा.रामकुमार अधिकारीकोे प्रमुख आतिथ्यता रहेको थियो । भने नेत्रावति डपजोङ गाउँपालिकाका प्रमुख दुर्गा कुमार शाक्यको विशेष अतिथ्यताका रहेको थियो । कर्यक्रममा नेत्रावति डपजोङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ लगायत अन्य स्थानी जनप्रतिनिधि, शिक्षक समाजसेविहरुको आतिथ्यता रहेको थियो । भने समापन तथा पुरस्कार वितरण कार्यक्रममा स्थानिय शिक्षक ,वुद्धिजिवि,समाजसेवि र युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा.रामकुमार अधिकारीले खेल मानिसको जीवन र स्वास्थ्यसँग सम्बन्धित विषय भएकोले मानिसका विभिन्न आधारभुत पूर्वाधारहरु मध्ये यो खेल जगत पनि एउटा महत्वपूर्ण पक्ष भएकोले यस क्षेत्रको विकास र विस्तारको लागि सबै एक भएर अघि बढ्नु पर्ने बताउनुभयो । खेलले मानिसको स्वास्थ्यमा पनि अनुकुल प्रभाव पर्ने भएकोले हरेक मानिस कुनै न कुनै किसिमको खेलसँग नियमित जोडिएमा स्वस्थ र दिर्घायु हुने बताउनुभयो । साथै अधिकारीले नेपालको फुटबल क्षेत्रलाइ अझै उत्कृष्ठ बनाउनको लागि स्थानिय स्तरबाट नै राम्रो खेलाडि उत्पादनको लागि सबैले ध्यानदिनुपर्ने र अब वडा स्तरमा,पालिका स्तरमा एक राम्रो पुर्वाधार सहितको खेल मैदान बनाउन पनि स्थानिय तहलाइ आग्रह गर्नुभयो । अर्को एक फरक प्रसंगमा प्रमुख अतिथि अधिकारीले हाल नेपालमा स्थायि कम्युनिष्ट सरकार भएकोले विकास र समृद्धिको यात्रामा यो सरकार अघि बढेकोले अब केहि बर्षमा नेपालको मुहार फेरिने बताउनुभयो ।

Facebook Comments