चैत्र १०, धादिङ ।
ज्वालामुखि गाउँपालिका भित्र रहेका १० वटा विद्यालयका १० जना बालविकास सहयोगी लागि आयोजित ८ दिने बालविकास क्षमता अभिवृद्धि तालिम हिजो एक कार्यक्रमको विच समापन गरिएको छ । तालिमको अवधिमा दैनिक योजना, कक्षाकोठा व्यवस्थापन र सजावट, भाषा शिक्षण, गणित शिक्षण, सामूहिक शिक्षण, शारिरीक व्यायाम, कला संगित र सीप, विषयवस्तु तयारीका साथै स्वास्थ्य सम्बन्धी विभिन्न विषय वस्तुमाथी प्रशिक्षण गराईएको थियो । बालविकास तालिमलाई अनुपमा मुखिया,गीता कपाली र प्रविन तामाङले सहजिकरण गर्नुभएको थियो, भने स्वास्थ्य सम्बन्धिको विषय वस्तुमा निष्ठा थापा र आरती सिंखडाले सहजिकरण गर्नुभएको थियो । बालविकास क्षमता अभिवृद्धि तालिममा धुसेनी आधारभुत विद्यालय, सालबास मा.वि., भूवनेश्वरी मा.वि., ज्ञानज्योति अधारभुत विद्यालय, वुद्धधर्म आधारभुत विद्यालय, बुढिगण्डकी आधारभुत विद्यालय, सिम्लेगैरि आधारभुत विद्यालय, संस्कृति तथा साधारण मा.वि., अमरावति मा.वि. र ठूलचौर मा.वि. का बालविकास सहयोगिहरुको सहभागिता रहेको थियो ।

तालिमले विशेष गरि बालविकास तहमा अध्यापन गराउने सहयोगिहरुका लागि धेरै सहयोगि हुने र दैनिक पठन–पाठनका साथै क्षमता अभिवृद्धि गराउनुका साथै बालमैत्रि शिक्षण सिकाई गराउने, बालमैत्रि कक्षा कोठा व्यवस्थापन गर्ने र अविभावकहरुलाइ पनि सचेत गराउने रहेको शैक्षिक आयाम नेपाल धादिङका प्रविन तामाङले जानकारी गराउनुभयो । शैक्षिक आयाम नेपाल धादिङले ज्वालमुखि गाउँपालिक भित्र रहेका २० वटा विद्यालयहरुमा बालविकास सहयोगिहरुसँग सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शैक्षिक आयाम नेपाल धादिङको आयोजना र ज्वालामुखि गाउँपालिकाको सह–आयोजनामा सञ्चालित तालिम ज्वालामुखि गाउँपालिकाको वडा नम्बर ६ मा भएको थियो । तालिमको प्राविधिक सहयोग ई.सि.ई.सि नेपाल ललितपुरले गरेको थियो ।

Facebook Comments