कात्तिक २२, धादिङ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ दलित युवा सम्मेलन आजदेखि काठमाण्डौमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा ‘जातीय भेदभाव उन्मूलनका लागि युवा राजनीतिज्ञको भूमिका’, ‘सामाजिक आन्दोलन र दलित अधिकार’, ‘संवैधानिक अधिकार र कानून कार्यान्वयनमा दलित युवा’ तथा ‘दलित अधिकार प्राप्तिका लागि आम सञ्चारको भूमिका’ लगायतका विषयमा छलफल गरिनेछ । दलित युवा एलायन्सद्वारा आयोजित सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागीता रहेको आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ । सम्मेलनको उद्घाटन गर्दै वाणिज्यमन्त्री मीन विश्वकर्माले अधिकार प्राप्तिका लागि दलित युवाहरूले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्या मात्रै भन्दा पनि उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्यालाई एकमुष्ट रूपमा समाधान खोजिनुपर्ने उल्लेख गर्दै उहाँले सिमित स्रोत\साधन प्रयोग गरी नेपालमै रोजगारीको सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्थ गर्नेतर्फ सरकार लागिपरेको बताउनुभयो ।

Facebook Comments