२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल ओमानसँग ५–० ले पराजित

नेपाल ओमानसँग ५–० ले पराजित

कात्तिक २२, धादिङ ।
एएफसी यु–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।
कीर्गिस्तानमा आज भएको खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । छनोट चरणअन्तर्गत् यसअघिका तीनओटै खेल हारेको नेपाल अन्तिम खेलमा पनि पराजित भएसँगै अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालले सबै चार खेल हार्नेक्रममा कुल १२ गोल व्यहोर्न बाध्य भयो । आफ्नो पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले हारेको नेपाल दोस्रो खेलमा बहराइनसँग ४–० ले र तेस्रो खेलमा युएईसँग १–० ले पराजित भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।