चैत्र १५, धादिङ ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेबाट प्रहरीले एक जना महिलालाई पक्राउ गरी ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेश र गाँजा बरामद गरेको छ ।

गजुरी गाउँपालिकाको वडा नम्बर ७ पेटारेमा चरेश उत्पादन गर्ने कारखाना सञ्चालन गरी चरेश बेचबिखन भइरहेको सूचनाको आधारमा खोज तलासमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय गजुरीको संयुक्त टोलीले बिहीबार राति ४५ वर्षीया सुकुमाया तामाङलाई चरेश र गाँजासहित पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गर्दा घर तथा गोठमा लुकाइराखेको अवस्थामा चरेश १ सय १० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३ सय ९० किलोग्राम र गाँजाको दानासहितको कच्चा धुलो १ सय ९ किलोग्राम बरामद गरेको ब्युरोले जनाएको छ । पक्राउ परेकी तामाङलाई जिल्ला अदालतबाट म्याद थप गराई थुनामा राखी अनुसन्धान गरिने भएको छ । यो वर्ष प्रहरीले धादिङको राजमार्ग क्षेत्रबाट पटक–पटक ठूलो परिणाममा चरेश र गाँजा बरामद गरेको छ ।

Facebook Comments