चैत्र १५ ।
प्रदेश नम्बर २ मा शुक्रबार हुने एसईई परीक्षाको प्रश्नपत्र पनि बाहिरिएको छ । जारी एसईई अन्तर्गत ‘अनिवार्य सामाजिक अध्ययन’ विषयको प्रश्नपत्र पनि बाहिरिएको हो ।

शुक्रबार परीक्षा अगावै धनुषामा प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएको छ । शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्माले प्रश्नपत्र बाहिरिएएपछि शुक्रबारको परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो । शुक्रबारको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको छ । विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र बाहिरिएपछि विहिबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।

एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन सामाजिक अध्ययनको प्रश्नपत्र फेसकुबमा देखिएको थियो । परीक्षा रद्द भएपछि विद्यार्थीलाई समस्या भएको छ । राज्यलाई समेत करौडौंको व्ययभार थपिएको छ । प्रदेश २ मा ७० हजार पाँच सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Facebook Comments