
चैत्र २२, धादिङ ।
धादिङको खनियाबास गाउँपालिकाका स्थानियहरुले आफुले प्रयोग गर्दै आएको अवैध १६ थान भरुवा बन्दुक जिल्ला प्रशासन कार्यलय धादिङलाई बुझाएको छ । खनियावास गाउँपालिकाको दार्खा र झार्लाङबाट विभिन्न व्यक्तीहरुले बुझाएको अवैध हतियार आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
अबैध हातहतियार नराख्न र कसैसंग भए तुरुन्त स्थानीय प्रशासनलाई बुझाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेसँगै स्थानियहरुले ईलाका प्रहरी कार्यलय दार्खा र अस्थायी प्रहरी पोष्ट डुण्डुरेमा उक्त हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले जानकारी दिनुभयो । गृहमन्त्रालयले २०७६ वैशाख ५ गतेभित्र अवैध हातहतियार स्थानिय प्रशासनलाई बुझाउन सूचना जारी गरेको छ ।
तोकीएको समय भित्र त्यस्ता हातहतियार र खरखजना बुझाउन आउनेलाई कुनै कानूनी कारवाही नचलाईने र यदि हातहतियार खरखजना तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ती उपर प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । गृहमन्त्रालयले यहि चैत्र १ गते सुचना जारी गरि सुरक्षा निकाय र अनुमति लिएका हातहतियार बाहेक सबै हातहतियार अबैध भएकोले तत्काल बुझाउन आव्हान गरेको थियो ।
लागू औषध, दुरव्यसन र महिला हिंसा विरुद्धमा युवा अभियान तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत खनियाबास गाउँपालिकामा आयोजना गरिएको छलफल पछि स्थानियहरुले अवैध हतियार स्थानिय प्रशासनलाई बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेण्को नेतृत्वमा जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवार, उपअनुसन्धान निर्देशक सुदिप अधिकारी, सहायक प्रहरी नायव उपरिक्षक दर्शन गिरि, गाउापालिकाका अध्यक्ष, उपध्यक्षको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।