चैत्र २२, धादिङवेशीं ।
जिल्ला प्रहरी कार्यलय धादिङले विभिन्न मिति र स्थानबाट बरामद गरिएको अवैध लागु औषधहरु नष्ट गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय‚ प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार‚ सुरक्षा निकायका प्रमुखहरु‚ धादिङ जिल्ला अदालतको प्रतिनिधी‚ जिल्ला प्रशासन कार्यालय धादिङको प्रतिनिधी‚ निलकण्ठ नगरपालिकाको प्रतिनिधी र संचारकर्मीहरु लगायतको उपस्थितीमा लागू औषध नष्ट गरिएको होे ।

चरेश २७४ किलो ८५ ग्राम‚ गाँजाको धुलो ३९० किलो ३८ ग्राम‚ बिउ जस्तो देखिने गाँजाको धुलो १०९ किलो ११ ग्राम‚ चरेश बनाउने तयारी अवस्थाको गाँजाको धुलो ३२ किलो ९१० ग्राम नष्ट गरिएको हो ।

Facebook Comments