चैत्र ३०, धादिङ ।
ट्रान्सपरेन्सि इन्टरनेशनल नेपालले भुकम्पपछिको पुननिर्माणबारे नीति, प्रगति र खर्चबारे धादिङका सरोकारवालाहरुसँग छलफल गरेको छ ।

पुननिर्माणमा देखिएका समस्या समाधानमा सहयोग गर्ने उद्देश्यले पुननिर्माणका नीति, हालसम्म भएका प्रगति, खर्च तथा समस्याहरुमाथि छलफल गरिएको थियो । कार्यक्रममा राष्टिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर नरेश भट्टले जिल्लामा पुननिर्माणको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

धादिङमा पुननिर्माणमा अझै पनि समस्या रहेको बताउनुभएको थियो । पुननिर्माणको लागि आवश्यक सामग्री समयमा ढुवानी हुन नसक्नु, भौगोलिक अवस्था, पानीको समस्या, नीति नियमबारेको अनविज्ञ लगायतका कारणले पुननिर्माणमा अझै पनि समस्या भइरहेको भट्टले बताउनुभयो ।

यस्तै राष्टिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका सामाजिक विकास विज्ञ भगवती खाँडले आयोजनाको उद्देश्यमाथि प्रस्ट पार्नुहुदै आवास पुननिर्माण अनुदानको अवधारणा, अनुदान वितरण कार्यको प्रगतिलगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

Facebook Comments