
वैशाख ३, धादिङ ।
धादिङको गंगाजमुना गाउपालिको वडा नम्वर ४ स्थित तामाङ खर्क माध्यामिक विद्यालयमा संचालित शैक्षिक तथा धार्मिक महोत्सव मङ्गलबार पनि जारी छ ।
विद्यालयको भौतिक शैक्षिक अवस्था सुधार गर्न, विद्यालयमा प्राविधिक शिक्षा संचालन, अभिभावकविहिन बालबालिकाहरुको लागि छात्रावास निर्माण तथा क्याम्पस संचालनमा सहयोग गर्ने उद्देश्यले विद्यालयले नै धार्मिक महोत्सव श्रीमत् भागवत ज्ञान सप्ताह आयोजना गरेको हो ।
महोत्सवमा सोमबार भक्त बहादुर घलेले १ लाख १३ हजार ३ सय ३३, ठाकुर प्रसा सिंखडाले १ लाख ११ हजार १ सय ११, सितादेवि संखडाले ५१ हजार १ सय ११, शिव प्रसाद रिजालले १० हजार १ सय १ रुपैया दान गर्नु भएको छ । त्यसैगरी नेपाल राष्ट्रिय भुतपूर्व शैनिक संघ गुम्दिबाट १५ हजार १ रुपैया दान संकलन भएको स्थानीय एसबी घलेले जानकारी दिनुभयो । महोत्सवको सोमबार सम्ममा ३ लाख ५० हजार रुपैया संकलन भएको छ । महोत्सव ९ गतेसम्म चल्ने छ ।